सानिमा बैंकको ऋणपत्र बाँडफाँट

३० असार २०७९, बिहीबार १०:४७

काठमाडौं । सानिमा बैंकले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ऋणपत्र असार २८ गते मंगलवार बाँडफाँट गरेको हो ।

बैंकले प्रतिकित्ता रू। १ हजार अंकित दरका रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू। २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात रू। ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*