सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आईपीओ निष्कासन

३० असार २०७९, बिहीबार १०:४८

सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रू। ८५ करोड १० प्रतिशत अर्थात रू। ८ करोड ५० बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओमा आवेदन दिने समय साउन २० गतेसम्म रहेको छ । उक्त समयभित्र माग बमोजिम आवेदन नपरेमा भदौ ५ गतेसम्म थप गरिने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले आईपीओमा विक्री प्रबन्धकसगै माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*