निर्धन उत्थानको बोनस शेयरधनीको डिम्याट खातामा
३० असार २०७९, बिहीबार १०:५२

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हितग्राही खातामै २९ .५५ बोनस सेयर पठाइदिएको छ । कम्पनीले गत पुस १२ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।
कम्पनीका अनुसार अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ भएको छ। अनिमात्र बोनस जम्मा गरीने भएको छ ।
निर्धनको पुस २५ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट २९.५ बोनस र कर तिर्न १.५५ नगद लाभांश वितरण प्रस्ताव पारित गरेको थियो ।













