राप्ती हाइड्रोको आइपीओमा कति पर्यो आवेदन?

३० असार २०७९, बिहीबार १२:५७

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ५८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

उक्त कम्पनीले बुधबारबाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो ।

रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*