आज यी कम्पनीको शेयरमूल्य घट्यो
३० असार २०७९, बिहीबार १५:२६

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । २२० सूचीकृत कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।प्रुडेन्यिल इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर ५ प्रतिशतले घटेको हो ।
त्यस्तै, सिईबिडि हाईड्रोपावर, समिट लघुवित्त, लक्ष्मी लघुवित्त, नेपालएसबिआई बैंक, सिन्धु विकास बैंक, मानुषि लघुवित्त, नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको शेयर मूल्य घटेको छ ।














