प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा पुगेको छ। आज साँझ दुई कम्पनीबीच सहमतित्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ।
दुई कम्पनी विचमा दुई तीन सातादेखि लगातार छलफल भइरहेको थियो । उक्त छलफलले अन्तिम रुपमा पाएसँगै दुई कम्पनीबीच आज सहमती हुने भएको हो ।
दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिने भएको छ । यसैले दुवै कम्पनीसँग तोकिएको पाँच अर्ब न्यूनतम पुँजी पुयाउन मर्जरबाहेक अरु बाटो छैन। यही कारण पनि यिनले एकआपसमा गाभिन खोजेका हुन्।
जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले चुक्ता पुँजी (१ अर्ब ४० करोड रुपैयाँ) मा वृद्धि गर्न ५० प्रतिशत रकम संस्थापक सेयरधनीहरुबाट जोहा गरिसकेको छ।यसपछि पनि महालक्ष्मीको चुक्ता पुँजी करिब २ अर्ब १० करोड रुपैयाँ मात्र पुग्नेछ। यस्तै, प्रभु लाइफले पनि पुँजी करिब २ अर्ब मात्र छ।
यसैले दुवै कम्पनीसँग तोकिएको पाँच अर्ब न्यूनतम पुँजी पुयाउन मर्जरबाहेक अरु बाटो छैन। तर मर्जरमा गइसकेपछि पनि दुई कम्पनीको गरी कुल पुँजी बढीमा ४ अर्ब १० करोड मात्र पुग्ने देखिन्छ।













