ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित

३० असार २०७९, बिहीबार १९:२४

काठमाडौं । सर्वाधिक नाफा आर्जन गर्ने ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ ।

बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ्ग क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*