मर्जरमा बैंक तथा लघुुवित्तको बेइमानी

३० असार २०७९, बिहीबार १९:३३

काठमाडौं । मर्जरमा बैंक तथा लघुुवित्तको बेइमानी देखिएको छ। आर्थिक बर्ष २०७६ मा राष्ट्र बंैकले बैंकक तथा वित्तिय संस्थालाई घटाउन मौद्रिक नीतिमार्फत मर्जरमा जान आकर्षण सुविधाको आडमा केहि वाणिज्य बैंक तथा लघुुवित्तहरुले करछली गरेको प्रतिवेदनले जनाएको छ ।

महालेखापरिक्षकको प्रतिवेदनमा ११ बैंक तथा लघुुवित्त वित्तिय संस्थाहरुको मर्जर गर्दा आठ अर्ब २४ करोड ७६ लाख रुपैयाँ लाभ पाए । आयकर ऐनअनुसार यस्तो लाभमा ३० प्रतिशत कर लाग्छ । यसवापत लाग्ने दुई अर्ब ४७ करोड रुपैयाँभन्दा बढी कर छलेको प्रतिवेदन औल्याएको छ ।

प्रतिवेदनमा वित्तिय कारोवार गर्ने कम्पनी गाभिएपछि कायम भएका शेयरधनीहरुलाई लाभांशमा कर छुुट दिएर सञ्चालकहरुले बदमासि गरेका उल्लेख छ । कानुन यस्तोमा गाभिएको अबस्थामा कायम भएका शेयरधनीलाई मात्रै कर छुटको व्यवस्था छ । तर, यी कम्पनीले गाभिएपछि कायम भएको शेयरधनीलाई कर छुट दिएको देखिन्छ । वित्तिय कारोबार गर्ने सात कम्पनीले एक अर्ब ५९ करोडभन्दा बढी करछलि गरेका छन् । यस बिच कम्पनीहरुले ३१अर्ब ८३ करोड रुपैयाँ लाभांश बाडेको प्रतिवेदनमा देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*