हकप्रद शेयर जारी गर्ने अपर तामाकोशी हाईड्रोपावर संचालकको निर्णय

३० असार २०७९, बिहीबार १९:४९

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजिको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव सभामा पेश गर्ने भएको छ।

कम्पनीको आज बसेको संचालक समितिले १४ औ बार्षिक साधारणसभामा स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*