नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डा

३१ असार २०७९, शुक्रबार १०:२८

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सभा हुँदैछ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन र दुई सञ्चालकहरूको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

अन्य कुनै लघुवित्तसँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*