शेयरबजारमा सामान्य सुधार आउँदा हाइड्रोपावर कम्पनीको शेयरमूल्य घट्यो, कसको कति ?
३१ असार २०७९, शुक्रबार १३:४४

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक ७ अंकले बढेर कारोबार बन्द हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
यस आवको अन्तिम दिन केही कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ । आज सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा ग्रिनलाइफ हाइड्रोपावर रहेको छ । कम्पनीको आज ५.३१ प्रतिशतले घटेको हो ।
त्यस्तै, माउन्टेन हाइड्रोको ४.७६ प्रतिशत, रिभर फल्सको ४.७२ प्रतिशत, बोटलर्स नेपालको ३.९२ प्रतिशत र युनाइटेड इदि मार्दिको ३.६४ प्रतिशत अंकले घटेको छ ।














