बर्षदिनमा बजार पुँजिकरण ११ खर्बले घट्यो, यो वर्ष कस्तो रह्यो शेयर बजार?

३२ असार २०७९, शनिबार १४:३१

काठमाडौ । नेपालको शेयर बजारको इतिहासमा आजदेखि आर्थिक वर्ष २०७८।०७९ को विदा भएको छ । यो बर्ष शेयर बजारका लगानीकर्ताहरुको लागि सुखद् रहन सकेन । अनेक नयाँ रेकर्ड बनेका वर्ष लगानीकर्ताको लागि भने निराशाजनक रह्यो।आर्थिक वर्ष ७८/७९ मा नेप्से परिसूचक ८७३.९२ अंकले घटेको छ ।गत आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से २८८३.४० अंकमा बन्द हुँदा धितोपत्र बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको कारोबारको अन्तिम दिन शुक्रबारको कारोबार पश्चात् नेप्से परिसूचक २००९.४६ को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा ओरालो लाग्दा बजार पूँजीकरण पनि एक वर्षमा ११ खर्ब ४१ अर्ब ६२ करोडले घटेर २८ खर्ब ६९ अर्ब ३४ करोड लाखमा झरेको छ ।
आर्थिक वर्षको सुरुआतमा बजार परिसूचक नेप्सले अहिलेसम्मकै नयाँ उचाई कायम गयो । आर्थिक वर्षको सुरुमा कारोबार रकम र बजार परिसूचकले नयाँ उचाइ कायम गर्दै सकारात्मक देखिएको सेयर बजारमा भदौबाट नै घट्न सुरु भयो।यस आर्थिक वर्षमा शेयरबजारमा निकै उतारचढाव आए । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक मूल्यबृद्धि भई ३२०० बिन्दु माथि पुगेर यस आर्थिक वर्षले नयाँ रेडर्क कायम गर्न सफल भएको छ।

गत आर्थिक वर्ष उकालो चढ्ने क्रममा रहेको शेयर बजार आर्थिक वर्ष २०७८।०७९ को सुरुवातीमा रौनकता देखिएपनि चालु आर्थिक वर्षको अन्तिमका केही महिनायता निराशापनमा बदलिन पुग्यो । कारण देशका बढ्दै गइरहेको चरम आर्थिक संकट र बैकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव हो ।

यद्यपि यसै आर्थिक वर्षको सुरुका महिनामा नेप्से परिसूचिक बढेर ३१९९ को बिन्दुमा पुग्दा लाखौं शेयर लगानीकर्ताहरु मालामाल बन्न सफल भइसकेका छन् । यस आर्थिक वर्ष नेपालको शेयरबजारमा विभिन्न खालका उतारचढावहरु भित्रिए । नयाँ कम्पनीहरु धितोपत्र दोस्रो बजारमा सूचीकृत भए । लगानीकर्ताहरुको संख्या थपिए।

गत आर्थिक वर्ष २०७७।०७८ को तुलनामा यस आर्थिक वर्ष शेयरबजारमा लगानीकर्ताहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि हुन पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग हाउस लिमिटेडका अनुसार हालसम्म धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या १२ लाख भन्दा बढी पुगेका छन् । कोरोना महामारीले पिल्सिएका लगानीकर्ताहरुले आर्थिक वर्ष शेयर बजारबाट ठूलो लाभ लिन सफल भएका छन् । शेयर मूल्य उच्च बिन्दुमा पुगेका बेला शेयर बजारमा प्रवेश गरेकाहरु डुबेर तनावमा पर्नेहरु पनि नभएका भने होइनन्।चालु आर्थिक वर्षको शुरुवातमा शेयरबजारमा केही रौनकता छाएपतापनि वर्षको अन्तिमतिर बैकिङ्ग क्षेत्रमा देखिएको तरलता अभावका कारण र देशका चुलिँदै गएको आर्थिक संकटका कारण शेयरबजारमा क्रमिक रुपमा ओरालो लाग्यो।

यस आर्थिक वर्षमा शेयर बजार ८७३.९२ अंकले घट्न पुगेको छ । २०७८ असार ३१ गते २८८३.३८ अंकमा रहेको शेयर बजार यस आर्थिक वर्षको अन्तिम कारोबार दिन शुक्रबार नेप्से इन्डेक्स २००९.४६ विन्दुमा कायम भएर कारोबार बन्द भएको छ । त्यस्तै, गत आर्थिक वर्षको अन्तिम दिन ११.१३ अंकले बढेर बन्द भएको शेयरबजार चालु आवको अन्तिम दिन ७.९३ अंकले बढेर शेयरबजार बन्द हुन पुगेको छ ।

गत आवको असार २७ गते अर्थमन्त्री जनार्दशन शर्मा नियुक्त भएसँगै पुँजिबजारमा सक्रिय रहेका लगानीकर्ताहरुमा नयाँ अर्थमन्त्रीले पुँजीबजारको हक हितका लागि केही गर्ला भन्ने आशाले शेयरबजारमा उत्साह थपिएको थियो । तर त्यो उत्साह आर्थिक वर्ष २०७८।०७९ को एक दुई महिनामात्रै सीमित रह्यो ।गत आर्थिक वर्षको अन्त्यतिर देशमा नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयरबजारमा उछाल समेत आएको थियो । यही उछालले शेयर बजारको इतिहासमा नयाँ रेडर्क समेत राख्न सफल भएको थियो ।लगानीकर्ताहरुको संख्या यस आर्थिक वर्षमा अत्यधिक थपिए । नयाँ लगानीकर्ताहरु धितोपत्र दोस्रो बजारमा छिर्ने क्रम बढेसँगै साउन ३१ गते हालसम्मकै सर्वाधिक २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको थियो ।

लगत्तै भदौ महिनामा नेप्से परिसूचक ह्वात्तै बढ्न पुग्यो । बैशाखमा २७३५ विन्दुबाट अघि बढेको नेप्से परिसूचक २०७८ को भदौ २ गते ३१९९.०३ को विन्दुमा पुगेर हालसम्मकै सर्वाधिक रेकर्ड कायम गर्न सफल भएको थियो । सो दिन यस आर्थिक वर्षको सर्वाधिक विन्दु कायम हुन सफल समेत भयो । सो दिन नेप्सेमा २१ अर्ब ३१ करोडमाथिको शेयर खरिदबिक्री भएको थियो । त्यस दिन नेप्से ३१७२ विन्दुबाट खुलेर ३२२० सम्म पुगेर ३१९९ विन्दुमा आई बन्द हुन पुगेको थियो ।

नेप्से करिब ३२ सयको विन्दु टच गरेर फर्केपछि त्यो धेरै दिन टिक्न सकेन । त्यसलगत्तै शेयरबजार फेरी ओरालो लाग्ने क्रम सुरु भयो । शेयर बजार घट्दै घट्दै चालु आर्थिक वर्षको कात्तिक ४ गतेका दिन २०७८ सालकै सबैभन्दा कम २५ सयको विन्दुमा तल झरेको थियो ।
देशमा बैकिङ्ग क्षेत्रहरुमा तरलताको अभाव बढ्दै गएपछि शेयरबजारमा प्रभाव पर्दै गयो । शेयरबजार घट्दै घट्दै मंसिर २७ गते नेप्से परिसूचक २२८१.६७ विन्दुमा भयोे । यसको पछाडि सरकारले लागू गरेको चार करोड र १२ करोड मुख्य रुपमा जिम्मेवार थियो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत अघि बढाएको उक्त व्यवस्थाले शेयर बजारमा निराशा बढाएको थियो।

मंसिर महिनापछि शेयरबजार पुनः क्रमिक रुपमा बढ्दै गयो । घटेर २२ सयको विन्दु सम्म पुगेको नेप्से परिसूचक बढ्दै बढ्दै माघ ३ गते २९४७.४४ को विन्दुमा पुग्यो । त्यसलगत्तै फेरी नेपालको पूँजीबजारले ओरालोको बाटो समात्यो । यस आर्थिक बर्ष शेयरबजारमा निकै ठूला उतारचढावहरु आइरहे । यसै आवमा शेयरबजारमा नयाँ लगानीकर्ताहरु धेरै भित्रिए पनि भदौ महिनापछिको शेयरबजारमा खासै उत्साहप्रद देखिएन।
माघ महिनापछि शेयर बजार निरन्तर ओरालो लाग्न थाल्यो । लगानीकर्ताहरुको संख्या थपिएर १२ भन्दा बढी पुगेतापनि कारोबार खुम्चिएर १ अर्बसम्मको पनि कारोबार नहुने स्थितिसम्म आइपुग्यो । देशमा विस्तारै आर्थिक संकट भित्रिएसँगै शेयरबजारमा प्रतिकूल प्रभाव पर्न गयो।
चालु आर्थिक वर्षको भदौ महिनामा नेप्से इन्डेक्स ३१९९को विन्दुसम्म पुगेको थियो । त्यसयताका केही महिनासम्म शेयरबजारमा रौनकता देखिएपनि त्यो धेरै समयसम्म टिक्न सकेन । असोज कात्तिक महिनासम्म नेप्से सूचक घटेर २५ सयको विन्द्मा आइसकेको थियो।

विस्तारै बैकिङ्ग क्षेत्रमा तरलता अभाव सिर्जना भइसकेको थियो । कात्तिक महिनाको अन्तिमतिर फेरी शेयरबजारमा केही क्रमिक सुधार देखिए । मसिर पुष महिनासम्म देशमा आर्थिक संकटले घेर्न थालिसकेको थियो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव सिर्जना हुदै गइसकेको थियो । यसको प्रभाव शेयरबजारमा पर्न थालिसकेको थियो।

मंसिर १३ गतेसम्म नेप्से इन्डेक्स घटेर २२८१ को विन्दुमा आइसकेको थियो ।अंग्रेजी नयाँ वर्ष २०२२ को आगमनसँगै शेयरबजारमा फेरी सुधार देखिन थाल्यो । २०२२ जनुअरी २७ सम्म नेप्से इन्डेक्स बढेर २९४७ को विन्दुमा पुगेको थियो । त्यसयताका महिनायता शेयरबजार क्रमिक रुपमा घट्दो क्रममा छ । जुन २३ अर्थात असार ९ गते नेप्से इन्डेक्स १८४८ को विन्दुमा पुगेको थियो । जुन यस आर्थिक वर्षको हालसम्मकै तल्लो विन्दु हो।

चालु आर्थिक वर्षको अन्तिम दिन शेयरबजार झिनो अंकले सुधार देखिएर बन्द हुन पुगेको छ । लगानीकर्ताहरु विशेष गरी आगामी आर्थिक वर्ष २०७९।०८० को लागि मौद्रिक नीतिको प्रतिक्षामा छन् । साउनको पहिलो सातामै मौद्रिक नीति आउने हल्लाले गर्दा चालु आर्थिक वर्षको अन्तिम दिन झिनो अंकले बढेर बन्द हुन पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*