सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आइपीओ निस्काशन गर्दै, क- कसले दिन पाउछ आवेदन ?
१ श्रावण २०७९, आईतवार १०:५८

काठमाडौं । सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।
उक्त कम्पनीले स्थानीयलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि शेयर निष्काशन गर्न लागेको हो । उक्त आइपीओ बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेभएको छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।













