सुनको भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?

१ श्रावण २०७९, आईतवार ११:०४

काठमाडौं । आज सुनको भाउ २०० रुपैयाँले घटेको र चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*