सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रिमा
१ श्रावण २०७९, आईतवार १४:०५

कामठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। लघुवित्तले संस्थापक समूह तर्फको ५६ हजार १४ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त संस्थापक शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको दिनबाट ३५ दिन भित्र शेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ।













