आर्थिक वर्ष २०७९।८० को पहिलो दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार

१ श्रावण २०७९, आईतवार १५:१०

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९।८० को पहिलो दिन आइतबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगानीकर्ताहरुमा मौद्रिक नीति कस्तो आउने उत्सुकतामा छन् ।

आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा कायम हुन पुुगेको छ । नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड माथिको कारोबार भएको छ ।

पछिल्लो समय नेप्सेमा सूचीकृत कम्पनीहरु भटाभट मर्जरमा गएसँगै नेष्सेले सोही कम्पनीहरुको शेयर कारोबार रोक्का गरिदिएको कारण पनि कारोबार खुम्चिँदै गइरहेको छ ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपर तामाकोशीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ६ करोड ४ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ७६ लाख, अरुण काबेली पावरको ४ करोड ६५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५६ लाख र नेपाल टेलिकमको ४ करोड ४६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*