राधि विद्युत कम्पनीसहित आज यी कम्पनीको शेयरमूल्य बढ्यो

१ श्रावण २०७९, आईतवार १५:१६

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९।८० को पहिलो दिन अर्थात साताको पहिलो दिन आइतबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । पुँजीबजार सुधारका लागि शेयर लगानीकर्ताहरु आगामी मौद्रिक नीतिको पर्खाइमा छन् ।

आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा कायम हुन पुुगेको छ । नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड माथिको कारोबार भएको छ ।

आज सामान्य सुधार देखिएको शेयरबजारमा केही कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा राधि विद्युत कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशतले बढेको हो ।

त्यस्तै, प्रभु बैंकको ४.७३ प्रतिशत, नयाँ सारथी लघुवित्तको ४.४३ प्रतिशत, कुमारी बैंकको ४.१९ प्रतिशत र उनउत्थान सामुदायिक लघुवित्तको ३.९४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*