प्रभु सेलेक्ट फण्डको इकाईमा नकारात्मक सर्किट, आज यी कम्पनीको शेयरमूल्य घट्यो
१ श्रावण २०७९, आईतवार १५:३३

काठमाडौं । साताको पहिलो दिन अर्थात् आर्थिक वर्ष २०७९।०८० को पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ ।
आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा कायम हुन पुुगेको छ । नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड माथिको कारोबार भएको छ ।
आज नेप्सेमा सामान्य सुधार आउँदा केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ । आज प्रभु सेलेक्ट फण्डको नकारात्मक लेभलमा कारोबार भएको छ ।
त्यस्तै, सामुदायिक लघुवित्तको ७.५० प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड–३ को ५.२० प्रतिशत, मिथिला लघुवित्तको ४.५४ प्रतिशत र छिमेक लघुवित्तको ४.४६ प्रतिशतले शेयरमूल्य घट्न पुगेको छ ।














