नेप्सेमा थप ४ लाख ८४ हजार कित्ता बोनस शेयर सूचीकृत

१ श्रावण २०७९, आईतवार १८:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले सो प्रतिशत दरका ४ लाख ८४ हजार ४१२ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*