नेपाल फाइनान्सको अवतरित हकप्रद शेयर बाँडफाँड

२ श्रावण २०७९, सोमबार १०:२०

काठमाडौं । नेपाल फाइनान्सको अवतरित हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण तर्फको ३ लाख २ हजार ६९६ कित्ता अवतरित हकप्रद शेयर गत असार १७ गतेदेखि २४ गतेसम्म लिलाम बढाबढमार्फत बिक्री गरेकोमा उक्त समयभित्र रितपूर्वक बोलपत्र पेश गर्नेहरुका लागि बाँडफाँड गरिएको हो ।

साथै बाँडफाँडमा नपरेको आवेदकहरुको शेयर वापतको रकम सोझै दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा आजदेखि जम्मा गरिने ककम्पनीले जनाएको छ । कम्पनीेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*