सानिमा बैंकको शेयर विक्रीमा, २०० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
२ श्रावण २०७९, सोमबार १०:३९

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीको नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर सर्वसाधरणका लागि विक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेक इच्छुक व्यक्ति वा संस्थाले न्युनतम प्रतिशेयर मूल्य २०० का दरले न्युनतम २ लाख कित्ता शेयर खरीदका लागि सूचना प्रकाशित भएको १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
बैंकले यसअघि जेठ २० गते बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा कुनै पनि निवेदन प्राप्त नभएकोले बैंकले प्रचलित कानून बमोजिम पुनः विक्रीमा ल्याएको हो ।













