सुन–चाँदीको भाउमा सामान्य सामान्य वृद्धि, कतिमा हुुदैछ कारोबार?
२ श्रावण २०७९, सोमबार ११:१०

काठमाडौं । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।
आईतवारका दिन सुनको भाउ २०० ले घटेको र चाँदीको भाउ चाहि तोलामा १५ रुपैयाँले बढेको थियो ।













