वरुण हाईड्रोपावरसहित आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२ श्रावण २०७९, सोमबार १५:०७

काठमाडौं । साताको पहिलो दिन नेप्से १८।०३ अंकले बढेको छ । शेयर बजारमा हरीयाली छाँउदा आज वरुण हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, इमजिङ नेपाल, चन्द्रागिरी हिल्स, अपी पावर, तेह्रथुम पावर, सिंगटी हाईड्रोपावर, सोल्टि होटल, नेपाल हाईड्रो डेभलपर र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।














