दोहोरो अंकले बढेको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको अर्थात् साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले बढ्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर किनबेच हुँदा १ अर्बउ ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
लगानीकर्ताहरु शेयरबजारमा सुधार आउन नयाँ आर्थिक वर्षको मौद्रिक नीतिको प्रतिक्षामाा रहेका छन् । पछिल्लो समय शेयरबजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ९ करोड ३४ लाख रुपैयाँ भन्दा माथि कारोबार भएको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख, अपि पावरको ५ करोड ८९ लाख, अपर तामाकोशीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














