नेप्से दोहोरो अंकले बढ्दा ११ उपसूचकमा छायो हरियाली, बीमा समूह चम्कियो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८.०३ अंकले बढेर इन्डेक्स २०२९ को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
लगानीकर्ताहरु शेयरबजारमा सुधार आउन नयाँ आर्थिक वर्षको मौद्रिक नीतिको प्रतिक्षामाा रहेका छन् । पछिल्लो समय शेयरबजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।
साथै नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड र ब्यापार समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । आज सर्वाधिक बीमा समूह चम्किएको छ । जीवन बीमा समूह ११७.०६ रुपैयाँ र निर्जिबन बीमा समूहको १०८.४९ रुपैयाँले बढ्न पुगेको छ ।














