नेप्सेमा आदर्श लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२ श्रावण २०७९, सोमबार १५:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एडिबिएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

संस्थाको अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार कित्ता शेयर आज सूचीकृत भएको हो । कम्पनीले बिओके क्यापिटल लिमिटेडद्धारा बिक्री गरेको ६७ हजार कित्ता संस्थापकहरुले लगानी गरेको र १ लाख ४० हजार कित्ता शेयर जम्मा गरी कुल २ लाख ७ हजार कित्ता आज नेप्सेमा सूचीकृत गराएको हो ।

सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रोबजारमा कारोबारमा आई लगानीकर्ताहरुले खरिदबिक्री गर्न पाउनेछन् ।
कम्पनीले पहिलो कारोबारका लागि १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसासम्म पाउने देखिएको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

संस्थाको आर्थिक वर्ष २०७७।७८ को प्रतिसेयर नेटवर्थ एक सय २२ रूपैयाँ ८८ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३ सय ६८ रुपैयाँ ६४ पैसा हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*