सामाजिक सुरक्षा कोषको सापटी निर्देशिका २०७९ स्वीकृत, योगदानकर्ताले अब होम लोनको सुविधा पनि पाउने

काठमाडौं । सामाजिक सुरक्षा कोष (सासुु कोष) का योगदानकर्ताले होम लोन लिन पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित योगदानकर्ता सापटी निर्देशिका २०७९ स्वीकृत गरेसँगै यस्तो कर्जा लिन बाटो खुलेको हो । कोषले तयार गरेर श्रम मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा याोगदानकर्तालाई नयाँ घर निर्र्माण, आफ्नो स्वामित्वमा रहेको घरको ताला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युुनिट खरिद र घर खरिद गर्न कोषले सापटी दिने व्यवस्था रहेको छ ।
निर्देशिका अनुसार कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधि आधारमा अवकाश हुन कम्तीमा २ वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी रकम प्रदान गरिनेछ । घर सापटी स्वीकृत गर्दा धितो मु्ल्यांकनबाट कायम भएको रकममा नबढ्नेगगरि रकम स्वीकृत हुुनेछ । त्यसका लागि तीन प्रकार विधिबाट जुन विधिमा रकम कम हुन्छ, सोहिअनुसार सापटी दिइनेछ ।
पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब बराबर र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलव बराबर सापटी दिइने व्यवस्था छ ।
त्यस्तै, योगदानकर्ता शैक्षिक सापटीको व्यवस्था समेत उक्त निर्देशिकाले गरेको छ । कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दूई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको हो । त्यस्तो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि सापटी प्रदान गर्न सकिने उल्लेख छ । त्यस्तो रकम ३५ लाख रुपैयाँ वा सम्वधित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये जुन कम हुन्छ त्यो दिइनेछ ।
विद्यार्थिको भर्नाशुल्क, मासिक, परीक्षा, होस्टेल वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य श्ुल्क, शैक्षिक सामाग्रि खर्च, ट्राभल तथा बीमा खर्च उक्त सापटीमा रहनेछ । योगदानककर्ताले लिएको शैक्षिक सापटी चुुक्ता गरेमा पुन प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । कोषका कार्यकारी निर्देशन कपिलमणी ज्ञवालीले कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई साउनदेखि नै अनलाइन माध्यमबाट उक्त सेवा प्रवाह गरिने जानकारी दिएका छन् ।













