आयातमा रोक लगाएको वस्तुको एलसी नखोल्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

२ श्रावण २०७९, सोमबार १६:०५

काठमाडौं । सरकारले केही समयका लागि आयातमा रोक लगाएको  वस्तुहरुको एलसी (लेटर अफ क्रेडिट) नखोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ । राष्ट्र बैकले एक सूचना जारी गर्दै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब पर्दै गइरहेका बेला सरकारले केही वस्तुको आयात अझै केही समयका लागि थपेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्ध लगाएसँगै केन्द्रीय बैंकले पनि सरकारले प्रतिबन्ध गरेका वस्तुको एलसी नखोल्न भनेको हो ।

FXMD-Circular-01-207980

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*