राष्ट्र बैंकले दियो सात कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति

२ श्रावण २०७९, सोमबार १७:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सात कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले चालु आर्थिक बर्षका लागि विभिन्न ७ कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले सितारा ट्राभल्स, गोचाली टुर्स एण्ड ट्राभल्स, रिजेन्सी नेपाल, अर्विट इन्टरनेशनल, सुरुची ट्राभल्स, सी लिंक्स् र सक्सेस ट्राभल्सलाई स्वीकृति प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*