आरएसडीसी लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, रिभर्जको आकार ४१ प्रतिशतले बृद्धि हुँदा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाले गत आर्थिक वर्षमा १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाले गत आवको चौथो त्रैमाससम्म कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा ४८.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म संस्थाले ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिसम्म संस्थाले संचालन नाफा र खुद ब्याज आम्दानी पनि उत्कृष्ट सुधार गर्न सफल भएको छ । संचालन नाफा यस अवधिसम्म ४९.६५ प्रतिशतले बृद्धि भएर १९ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ४६.३६ प्रतिशतले बृद्धि भएर २३ करोड ८२ लाख रपैयाँ पुगेको छ ।
यस अवधिसम्म संस्थाको चुक्तापुँजी १० प्रतिशतले बृद्धि भएर ८० करोड ५१ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ४१ प्रतिशतले बढाएर ९ करोड ५० लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।
यस अवधिसम्म आइपुग्दा संस्थाको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३५ पैसाले बढेर १६ रुपैयाँ ७९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ पुगेको छ । त्यस्तै, खराब कर्जा ०.९९ प्रतिशतबाट घटेर ०.४९ प्रतिशत कायम भएको छ ।













