आइपीओ निष्काशन प्रस्तावसहित दुई हाइड्रोपावरले डाक्यो साधारण सभा
३ श्रावण २०७९, मंगलवार १०:५२

काठमाडौं । माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले साधारण सभा आह्वान गरेका छन् । यी दुवै कम्पनीको साधारण सभा साउन २५ गते आ–आफ्नै केन्द्रीय कार्यालयमा बस्नेगरी सभा डाकेका हुन् ।
सगरमाथाको सभा बिहान साढे ९ बजे शुरु हुनेछ भने माई खोलाको साढे ११ बजे शुरु हुनेछ । यी दुवै कम्पीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेका हुन् ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आईपीओ निष्काशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने, सञ्चालक समिति सदस्यहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।













