महिला लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर

३ श्रावण २०७९, मंगलवार ११:१२

काठमाण्डौं । महिला लघुुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुका लागि संस्थाले न्यूनतम एसएलसी तह देखि स्नातक तहसम्म उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइट https://www.mlbsl.com.np/?cat=8 मार्फत दरखास्त दिन सक्नेछन् ।

 

(फाइनान्सियल नोटिस डटकमबाट लिइएको सूचना)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*