नेशनल माइक्रोफाइनान्स लुघवित्तले तीन संस्थापक शेयरधनीको शेयर बेच्ने

३ श्रावण २०७९, मंगलवार ११:२०

काठमाण्डौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीकास केही संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

कम्पनीका संस्थापक शेयरधनी हृदया देबी अधिकारीको २००० कित्ता, कमला देबी हेमचुरीको १०० कित्ता र पूर्ण बहादुर राईको २१० कित्ता शेयर बिक्रीका लागि संस्थाले ३५ दिने सूचना प्रकाशित गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय धादिङ्गबेसीमा दरखास्त दिन सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य कुनै ब्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*