आदर्श लघुवित्तको शेयर कारोबारमा आउन सकेन, यस्तो छ कारण
३ श्रावण २०७९, मंगलवार १२:२१

काठमाडौं । आदर्श लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि कारोबारमा आउन सकेन । सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्ने थियो ।
प्रि–ओपनिङ्ग सेसनमा आदर्श लघुवित्तको शेयर म्याचिङ हुन नसक्दा कारोबार आउन नसकेको हो ।
अव कम्पनीको शेयर बुधवार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि मात्र नियमित समयमा कारोबारमा आउनेछ ।
नेप्सेले संस्थाको शेयर पहिलो कारोबारको लागि १२२ रुपैयाँ ८८ पैसादेखि ३६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकले लगानी गरेको १ लाख ४० हजार कित्ता गरेर कुल २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।













