कारोबार माथि उक्लिदा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै शेयरबजारमा रौनकता थपिएको छ । चालु आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढेको शेयरबजार त्यसयताका दुई दिन दोहोरो अंकले बढ्न पुगेको छ ।
आज नेप्से परिसूचक १६ अंकले बढेर २०४५ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड माथिको कारोबार भएको छ ।
आज नेप्सेमा सुधार आएसँगै कारोबार पनि केही हदसम्म बढ्न पुगेको छ । लगानीकर्ताहरुमा उत्साह थपिन पुगेको छ । शेयरलगानीकर्ताहरु पुुँजीबजार सुधारका लागि मौद्रिक नीतिको पखाईमा रहेका छन् ।
आज २ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।
त्यस्तै, एभरेष्ट बैंकको १० करोड ५ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ४८ लाख, एनआइसी एशिया बैंकको ६ करोड ८८ लाख र अरुण काबेली पावरको ५ करोड ९४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














