नेप्से दोहोरो अंकले बढ्दा २ अर्बमाथिको कारोबार, लघुवित्त र बीमा सूचक चम्कियो

३ श्रावण २०७९, मंगलवार १५:२२

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । चालु आर्थिक वर्ष सुरुभएलगत्तै शेयरबजारमा क्रमिक सुधार देखिन थालेको छ ।

तरपनि शेयरबजारमा लागेको शेयर कर्जा ४।१२ को नीति अझै पनि हट्ने निश्चित नभएको कारण लगानीकर्ताहरु अब शेयरबजार सुधारका लागि मौद्रिक नीतिकै पर्खाइमा रहेका छन् ।

आज नेप्से परिसूचक १६ अंकले बढेर २०४५ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड माथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक बीमा सूचक र माइक्रोफाइनान्स समूह चम्किएको छ । जीवन बीमा समूहको ८०.२२ रुपैयाँ र निर्जिबन बीमा समुहको ७२.६ रुपैयाँले बढेको छ । त्यस्तै, लघुवित्त समूहको पनि ८२.८३ रुपैयाँले बढ्न पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*