एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति

३ श्रावण २०७९, मंगलवार १६:४९

काठमाडौं । एरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बोर्डले एभरेष्ट बैंकलार्य २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो ।

बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ११ गते सेबोनमा निवेदन पेश गरेको थियो । बोर्डले साउन २ गते अनुमति पाएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक १०.५ प्रतिशत व्याज भएको “६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५“ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले यसअघि ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*