किसान लघुवित्तद्धारा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
४ श्रावण २०७९, बुधबार १०:५७

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै सिइओ माग गरेको हो ।
संस्थाले सिइओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य तथा लेखाशास्त्रमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छु्क ब्यक्तिले साउन १० गतेभित्र सम्पूर्ण आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।














