विजय लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर

४ श्रावण २०७९, बुधबार ११:०९

काठमाण्डौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

लघुवित्तले केन्द्रीय कार्यालयका लागि कनिष्ठ अधिकृतमा १ जना र विभिन्न शाखा कार्यालयका लागि कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थाले न्युनतम एसईई तह उत्तीर्णदेखि स्नातक तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी १५ दिनभित्र कम्पनीको वेबसाइट https://vlbs.com.np/vacancy/मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*