श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर विक्रिमा
४ श्रावण २०७९, बुधबार ११:१५

काठमाण्डौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।
कम्पनीका संस्थापक शेयरधनी बसन्त प्रसाद जोशीको स्वामित्वमा रहेको २० हजार कित्ता शेयर बिक्रीका लागि संस्थाले ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीवजार काठमाण्डौंमा दरखास्त दिन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य कुनै ब्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।













