नेपाल राष्ट्र बैंकको कारबाहीमा परे दुई विकास बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८।०७९ को तेस्रो त्रैमाससम्म गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कणार्ली डेभलपमेन्ट र सिन्धु विकास बैंकलाई नगद जरिवाना सहित कारबारही गरेको हो ।
यी दुवैं बैंकले सो अवधिसम्म अनिवार्य मौज्दात कायम नगरेकोले केन्द्रीय बैंकले कारबाही गरेको हो । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई सो कारण वापत एकपटक २० हजार ३५६ रुपैयाँ र अर्को पटक २ हजार १६३ रुपैयाँ गरी कुल २२ हजार ५१९ रुपैयाँ जरिवाना र सिन्धु विकास बैंकलाई १७५ रुपैयाँ ४६ पैसा मात्रै जरिवाना भराएको हो ।
गत आर्थिक वर्षमा सिन्धु विकास बैंक पहिलो पटक राष्ट्र बैंकको कारबाहीमा परेको हो भने कर्णाली डेभलपमेन्ट बैंक तेस्रो पटक कारबाहीमा परेको हो ।
नेपाल राष्ट्र बैंकले स्थलगत सुपरिवेक्षणको आधारमा अनिवार्य मौज्दात कायम नगरेको, वैधानिक तरलता कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा पर्याप्त प्रवाह नगरेको पाइएमा बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने गरेको छ ।
यसअघि राष्ट्र बैंकले चार लघुवित्त संस्था र एक वित्त कम्पनीलाई जरिवानासहित कारबाही गरेको थियो ।













