सुन–चाँदीको भाउ बढ्यो, कतिमा हुुदैछ कारोबार?
४ श्रावण २०७९, बुधबार ११:२५

काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।
मंगलवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको थियो ।













