प्रभु बैंकका ग्राहकले पाउने भए स्टार हस्पिटलमा आकर्षक छुट

४ श्रावण २०७९, बुधबार १३:२०

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरुले स्टार हस्पिटलमा विभिन्न प्रकारका आकर्षण छुुट पाउने भएका छन् । प्रभुु बैंक लिमिटेड र स्टार हस्पिटल प्रालिबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले छुट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले स्टार हस्पिटलद्वारा सञ्चालित सेवामध्ये बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्

सम्झौताअन्तर्गत स्टार हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी सो छुुट प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*