सरकारले शेयरबजारबाट पाउने पुँजीगत लाभकर ४ अर्ब ४ करोड रुपैयाँ घट्यो

४ श्रावण २०७९, बुधबार १३:३४

काठमाडौं । सरकारले लिने पुँजीगत लाभकर ३० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राज्यले पुँजी बजारबाट पाउने पुँजीगत लाभकर ४ अर्ब ४ करोड रुपैयाँले घटेको हो ।

गत आर्थिक वर्ष २०७८।०७९ मा सरकारले पुँजी बजारबाट १० अर्ब ३५ करोड रुपैयाँमा मात्रै पुँजिगत लाभकर पाएको छ । अघिल्लो आवमा भने १४ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत लाभकर पाएको थियो ।

गत आर्थिक वर्षमा सरकारले बजेटमा एकवर्षभित्र शेयर खरिदबिक्री गर्दा पुँजीगत लाभकर ७.५ प्रतिशत र एक वर्षभन्दा पछि शेयर खरिदबिक्री गर्दा लाभकर ५ प्रतिशत तिर्नुपर्ने गरी करका दरमा सो खालको व्यस्था गरेको थियो । गत आर्थिक वर्षको अन्त्यतिर पुँजीबजारमा देखिएको घट्दो अवस्थाले पुँजीबजारबाट सरकारले पाउने लाभकर घट्न पुगेको हो ।

पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । गत आर्थिक वर्षमा मात्रै सेयर बजार ८७३.९२ अंकले घटेको छ । बजार घट्दा लगानीकर्ताको सम्पती मात्रै नभई राज्यले पाउने कर समेत घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*