बुकबिल्डिङमार्फत आइपीओ निष्काशन गर्न सवोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बोर्डमा दियो निवेदन

४ श्रावण २०७९, बुधबार १३:५७

काठमाडौं । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । यी दुवै कम्पनीले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन् ।

सर्वोत्तमले असार २८ र रिलायन्सले असार ३१ मा बोर्डमा आवेदन दिएका हुन् । जस अनुसार यी दुबै कम्पनीले हाल योग्य संस्थागत लगानीकर्तालाई आईपिओ निष्काशनको लागि अनुमति माग गरेका हुन् । सर्बसाधारणमा निष्काशन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार यी दुवै कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताको लागि शेयर निष्काशनको अनुमति माग गरेका हुन् ।

बोर्डबाट अनुमति पाएपश्चात् सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता शेयर निष्काशन गर्नेछ भने रिलायन्स स्पिनिंग मिल्सले ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने छ ।

योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि मात्रै कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
दुवै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*