अपर स्याङ्गे हाइड्रोपावरले आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

४ श्रावण २०७९, बुधबार १४:२४

काठमाण्डौं । अपर स्याङ्गे हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत असार ३१ निवेदन दिएको हो ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता शेयर निष्कासन गर्नेछ ।

कम्पनीले आइपिओ खरिदको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाइ नियुुक्त गरिसेकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*