विदेश भ्रमणमा जाने नेपाली नागरिकले कति अमेरिकी डलरसम्मको सटही पाउनछन्, यस्तो छ नेपाल राष्ट्र बैंकको व्यवस्था
४ श्रावण २०७९, बुधबार १६:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्राको विनिमय कारोबारको अनुमति पाएका मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई २ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिने भएको छ।
नेपाल राष्ट्र बैंकले विमानस्थलमा रहेका अनुमति पाएका मनिचेञ्जरका लागि यस्तो सुविधा ल्याइदिएको हो। नेपाली नागरिकले विदेश भ्रमणमा जाँदा पाउने कूल १५ सय अमेरिकी डलरमा नबढ्नेगरी मनिचेञ्जरले २ सय डलर दिनसक्ने छन्।
कुनै पनि नेपाली नागरिकले पहिले नै बैंकबाट १५ सय डलर सटही पाएको अवस्थामा भने यस्तो सटही दिन पाइने छैन। कुनै नागरिकले पासपोर्ट भिसाको आधारमा १३ सय डलर लिएको छ भने मनिचेञ्जरले २ सय डलर दिनसक्नेछन्।













