अर्थमन्त्रीमाथि छानबिनका लागि गठन संसदीय विशेष समितिले सात दिन समय थप गर्ने

४ श्रावण २०७९, बुधबार २२:००

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले तोकिएको समयमा काम नसक्ने भन्दै समय थप गर्ने भएको छ । समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । त्यसमा आज आठौं दिन गुज्रिसकेको छ ।अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव हुन्छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो । त्यस्तै, आज सिंहदरबारमा भएको बैठकमा पत्रकारहरुलाई बोलाएर समितिले सोधपुछ गरेको छ । समाचारबाट उत्पन्न भएको विवादपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका थिए । अन्नपूर्ण पोष्टले अहिलेसम्म समाचार पुष्टि हुने कुनै प्रमाण भने सार्वजनिक गरेको छैन । उक्त स्रोत नखुलाउने पत्रकारद्धयले भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*