नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्री खुला, सर्वसाधारणले समेत आवेदन दिन पाउने

५ श्रावण २०७९, बिहीबार १०:५३

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर विक्री खुला गरेको छ ।

कम्पनीले संस्थाका संस्थापक शेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर जो कोहीले आवेदन दिन पाउने गरी  बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक विद्यमान शेयरधनी तथा सर्वसाधारणले आजका मितिदेखि ७ दिनभित्र आवश्यक कागजात सहित संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङ्गबेशी, धादिङ्गमा निवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*