पि–ओपनिङ्ग सेसनमा अर्डर म्याच नहुँदा ३ दिनसम्ममा पनि कारोबार हुन सकेन आदर्श लघुवित्तको शेयर

५ श्रावण २०७९, बिहीबार ११:११

काठमाडौं । आदर्श लघुवित्तको शेयर तेस्रो दिनसम्म पनि कारोबार हु्न सकेन । आज प्रि–ओपनिङ्ग सेसनमा अर्डर म्याचिङ नहुँदा कम्पनीको शेयर कारोबारमा आउन नसकेको हो ।

गत सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्नेमा सो दिन प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ नभएको कारण कारोबारमा आएको थिएन । त्यस्तै, मंगलबारपनि संस्थाको शेयरमा त्यहि कारण देखिदा कारोबारमा आएको थिएन ।

अब कम्पनीको शेयर शुक्रबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएमा मात्रै नियमित समयमा कारोबारमा आउनेछ ।
नेप्सेले संस्थाको शेयर पहिलो कारोबारको लागि १२२ रुपैयाँ ८८ पैसादेखि ३६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकले लगानी गरेको १ लाख ४० हजार कित्ता गरेर कुल २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*